आजको मौसम कस्तो रहला ? हेर्नुहाेस

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका अधिकांश स्थानमा वर्षा हुने छ । केही स्थानमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ ।

हाल देशभरी मनसुनी वायुको प्रभावका कारण मौसम सक्रिय हुदा देशभर बर्षा भइरहेको छ । वर्षाका कारण पहाडी भू–भागमा पहिरो जाने, गेग्रान बहाव हुने तथा नदिनालाहरूमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशभर बदली रही गण्डकी, लुम्बिनीलगायतका प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

आज देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने छ । कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

भोलि देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने छ । प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने छ ।

त्यस्तै शुक्रबार पनि देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङसहित पानी पर्ने छ । सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले अनुमान गरेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार