रानिटारका ६० वर्षिय पुरुषको कोभिडका कारण जिल्ला अस्पतालमा मृ’त्यु

नयाँ कुरो समाचार ।।  फिदिम ८ का ६० बर्षिय पुरुषको आज जिल्ला अस्पताल पाँचथरमा कोरोनाका कारण ज्यान गएको छ । विगत ५-६ दिन देखी घरमै विरामी अवस्थामा रहनुभएका उहाँलाइ आज अपराहान्न जिल्ला अस्पताल ल्याइपुर्याइएको थियो ।

कोभिड संग मिल्दो जुल्दो लक्षण देखिएपछी उहाँको एण्टीजेन परिक्षण गरिएको र नतिजा पोजेटिभ आएपछी कोभिड अस्पतालमा उपचार थालिएको जिल्ला अस्पताल का स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

यहाँ उपलब्ध श्रोत र साधनले उपचार सम्भव नहुने देखिएपछी विरामिका आफन्तलाइ थप उपचारको लागि लैजान अनुरोध समेत गरिएको स्वास्थ्य कर्मीले जानकारी दिए ।

अस्पताल ल्याइपुर्याउदा नै विरामीको अवस्था गम्भिर भएकोले जिल्ला अस्पतालमा उपलब्ध श्रोत र साधनले उपचार गर्दा गर्दै उहाँको अहिले साँझ ज्यान गरएको अस्पताल श्रोतले पुष्टी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार