पाँचथरमा कोरोना संक्रमण क्रमश: ओरालो लाग्दै, ९ सय ३४ जनाले कोरोना जिते

ज्योती भण्डारी ।। पाँचथरमा कोरोना संक्रमितको संख्या क्रमश : घटन थालेको छ ।

जिल्लामा आज गरिएको ४५ जनाको एण्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

जेष्ठ ३१ गते १ सय ७ जनाको एण्टिजेन परिक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको थियो । जेष्ठ ३० गते ८३ जनाको एण्टिजेन परिक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको थियो ।

दैनिक परिक्षणहुने एण्टिजेनमा संक्रमितको संख्या घटिरहेपनी पिसिआरको नतिजामा भने ठुलो संख्यामा संक्रमितहरु थपिदै आएका छन् । गत जेष्ठ २८ गते संकलन भएको PCR मा समेत ४२ जनामा संक्रमण देखिएको थियो ।

जिल्लामा जेष्ठ ३१ गते १ सय २० र आज थप २८ जनाको पिसिआर संकलन गरिएको छ ।

यता आज जिल्लाका विभिन्न स्थानिय तहमा गरिएको एण्टिजेन परिक्षणमा ११ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा कोरोनाको दोश्रो लहरमा १ हजार ५ सय ३५ जना संक्रमित भएका छन भने ९ सय ३४ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार