दाइजोको निहुँमा कुटपिट गरेको आरोपमा श्रीमान र ससुरा पक्राउ

दाइजो नदिएको झोंकमा दुलही कुटपिट गरेको आरोपमा प्रहरीले सर्लाहीबाट श्रीमान र ससुरा दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का पीडितका श्रीमान जोगनारायण साह र ससुरा अनुपा साहलाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी मदन कुँवरका अनुसार श्रीमान र ससुरकाको कुटपिटपछि घाइते भएकी अमृताले दाइजो सम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दिएपछि उनिहरुलाई पक्राउ गरिएको हो ।

गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया अमृता साहको जातीय परम्परा अनुसार जोगनारायणसँग विवाह भएको थियो।

तर विवाहको केही समय नबित्दै दाइजो नदिएको भन्दै श्रीमानसहित घरका अन्य सदस्यहरूले अमृतामाथि कुटपिट गरेका थिए। अमृता घाइते भएकी थिइन्। stv बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार