ब्रिटेनका प्रधानमन्त्रीले १० करोड डोज कोरोना खोप गरिब देशहरूलाई उपलब्ध गराउने

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही सातापछि खोपहरू उपलब्ध गराउने घोषणा गरेका छन् ।

ब्रिटेनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उहाँले आवश्यकता महशुस गरिएका देशहरुमा आगामी सातादेखि खोप उपलब्ध गराइने बताए ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी संघलाइ आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेको थियो ।

यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ । from:stv

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार