
पाँचथर । जिल्लामा थप २ जनाको कोरोना संक्रमणका कारण मृ’त्यु भएको छ । आज विहान मृत्यु हुनेमा फिदिम ८ का ८१ बर्षिय पुरुष रहेको अस्पताल श्रोतले बतायो । उनलाइ हिजो बेलुका आफन्तले अस्पताल ल्याएका थिए, गम्भीर अवस्थामा अस्पताल ल्याइपुर्याएपछी जिल्ला अस्पतालले बाहिर लगेर थप उपचार गर्न आग्रह गरेको स्वास्थ्यकर्मी सुनाउछन् ।
उता जिल्ला अस्पताल पाँचथरबाट झापामा रेफर भइ उपचार गराइरहेका फिदिम ८ कै ५३ बर्षिय १ शिक्षकको समेत कोरोनाकै कारण मृ’त्यु भएको छ । अक्सिजनको लेभल अस्थिर भएपछी उनलाइ जिल्ला अस्पतालले झापा रेफर गरेको स्वास्थ्यकर्मीले बताए ।
हिजो मात्रै फिदिम नगरपालिकाका २ जनाको कोरोनाकै कारण ज्यान गएको थियो ।