खविन लुइटेल ।। पाँचथरमा कोरोनाका कारण आज थप २ जनाको ज्यान गएको छ । फिदिम २ नेपालटारका ३१ बर्षिय पुरुषको घरमै होम आइसोलेसनमा बसेका बेला आज अपराहन्न निधन भएको पारिवारिक श्रोतले बतायो । उनको गत जेष्ठ २२ गते संकलन गरिएको PCR मा पोजेटिभ नतिजा आएको थियो । उक्त नतिजा २५ गते आएको थियो । कोरोना संक्रमणको लक्षण देखिएपछी उनी अलग्गै बस्दै आएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
यता फिदिम ४ का ६४ बर्षीय पुरुषलाई थप उपचारका लागि झापा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उहालाइ थप उपचारको लागि लैजादै गर्दा इलाममै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनक शब पाँचथर ल्याइपुर्याइएको र अन्त्यष्टीको तयारी भैरहेको पारिवारिक श्रोतले जानकारी दियो ।