पाँचथर जिल्लामा जारी निषेधाज्ञाको समय दुइ हप्ता थपियो, लकडाउनमा अझ कडाइ गरिने

ज्योती भण्डारी, पाँचथर ।। पाँचथर जिल्लामा जारी निषेधाज्ञाको समय दुइ हप्ताकाे लागि थपिएको छ ।

जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन कमिटीको सोमबार बसेको बैठकले जेठ १७ गते सम्मको लागि अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेकाे हाे ।

जारी निषेधाज्ञालाइ थप कडाइ गर्दै अब देखी अत्यावश्यक काम तथा ओषधी उपचार प्रयाेजन बाहेक घरबाट बाहिर निस्कन नपाइने, खाद्यान्न, खाना पकाउने ग्यास, तरकारी र निर्माण सामग्री लगायत अत्यावश्यक पसलहरु समेत अवदेखी आइतवार, मंगलवार र शुक्रवार (हप्ताकाे ३ दिन) विहान ५:०० देखि विहान ९:०० बजेसम्म मात्र सन्चालन गर्न दिइने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार