आज २८ औँ मदन आश्रित स्मृति दिवस मनाइँदै

जेष्ठ ३, २०७८: आज नेकपा एमाले का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औ स्मृति दिवस ।

वि सं २०५० साल जेठ ३ गते भण्डारी र आश्रित सवार जिप दासढुंगामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी भण्डारी र आश्रितको मृत्यु भएको थियो ।

सोही दिनको स्मरणमा जेठ ३ गतेलाई मदन आश्रित दिवसका रूपमा मनाइँदै आएको छ । आज पनि विभिन्न कार्यक्रम गरी मदन आश्रित दिवस मनाइँदै छ ।

मृत्यु भएको २८ वर्षमा पनि दासढुङ्गा दुर्घटना रहस्यमयी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार