ज्योती भण्डारी, पाँचथर ।। जिल्लामा आज २७ जना कोेरोना संक्रमति थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या १ सय २७ पुगेको छ ।
आज थपिएका संक्रमित मध्ये फिदिम नगरपालिकाका १० र हिलिहाङ गाँउपालिका का १७ जना रहेकाे कोरोना रोकथाम तथा नियन्त्रण कमिटि पाँचथरका जिल्ला फोकल पर्सन तेजबहादुर तुम्वापोले जानकारी दिनुभयो ।
बैसाख २९ गते संकलन गरिएको ५२ जनाको PCR को नतिजा हिजाे बेलुका आएको थियो । जसमध्ये २० जनामा संक्रमणपुष्टी भएको थियो । तर ३ जनाको एण्टिजेन मार्फत पहिल्यै परिक्षण गरिएको र सो संख्या अगाडिनै गणना भैसकेको छ ।
आज तुम्मेवा गाउँपालिकामा १७ जनाको PCR संकलन गरि परिक्षणको लागि पठाइको समेत फोकल पर्सन तुम्वापोले जानकारी दिनुभयो ।
काेराेनाको दोश्रो लहरमा जिल्लामा १ जनाले ज्यान गुमाएका छन् भने हाल सम्म ३ जना निको भएका छन् । यस्तै जिल्ला बाहिर २ जनाको उपचार भैरहेको छ ।
पाँचथरका ग्रामिण क्षेत्रका समुदाय स्तरमा समेत ठुलो संख्यामा संक्रमित भेटिन थालेपछी परिक्षणको दायरा बढाउन सरोकारवालले माग गरेका छन् ।