तितेकरेला सेवनका फाइदा यस्ता छन्

सर्वगुण सम्पन करेलाको स्वाद तितो हुन्छ, यसै कारण कसैलाई करेला एकदमै मन पर्दछ त कसैलाई मन नै पर्दैन । तर, तपाईहरुलाई तितो करेलाको फाइदाका बारेमा थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई करेलाका फाईदाको बारेमा जानकारी दिन गईरहेका छौँ ।

यस्ता छन् तितेकरेलाका फाइदा

– करेलाले पाचनशक्ति बलियो बनाउँछ साथै भोक नलाग्नेहरुलाई भोक लाग्ने बनाउँछ ।
– करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्‍याउँछ । त्यसैले शरीरमा कफ जम्मा भएको खण्डमा करेला खाँनु फाइदाजनक मानिन्छ ।
– करेला शितल खाद्य सामग्री भएकाले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।
–मधुमेह भएकाहरूलाई करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।
– कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी मानिन्छ ।
– दमको समस्या भएका बिरामीहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खाँदा अत्याधिक फाइदा हुन्छ ।
– करेला खाने गर्नाले रगत सफा हुने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि मद्दत मिल्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार