नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई ब्रेन हेमरेज (मस्तिष्कघात) भएको छ । बिहीबार राति १ बजे समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको उनका भाइ राजुराज जोशीले जानकारी दिए ।

वीर अस्पतालबाट राति नै नर्भिक अस्पताल ल्याएर शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

‘सानो खालको अप्रेसन भैसक्यो, ड्रिलिङ गरेर, त्यो राम्रै भएको छ । तर अव स्टेवल हुनुपर्यो,’ जोशीले भने । नेता जोशीको उपचारमा डा. राजीव झा लगायतको टोली संलग्न रहेको छ ।

जोशीका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ । ‘डाक्टरले अवस्था स्टेबल छ भनेका छन्,’ राजुराजले भने। मगजमा केही पानी जमेको देखिएकोले अप्रेसन गरिएको छ । from:stv