पाँचथर ०९ माघ ।। फिदिम बजारमा १० बर्ष अघि भएको प्रेमिका हत्या काण्डका आरोपीत लाइ पाँचथर प्रहरीले पक्राउ गरेको छ । तत्कालिन तुम्रोक होटल एण्ड लजमा २०६७ साल असोज १० गते उक्त हत्या काण्ड भएको थियो ।

ताप्लेजुङ को साविक चाँगे गाविस पवन भनिने कुमकहाङ आङवुहाङले पाँचथर शिवाकी शुष्मा तुम्रोकलाइ गोलि प्रहार गरेका थिए । त्यतिबेला पनव १७ बर्षका रहेको र सुष्मा २४ बर्षकी भएको बताइएको छ । लाहुरे परिक्षामा सामेल भएर फर्किने क्रममा उनले फिदिममा प्रेमिका संग समय विताएको र सामान्य विवादमा सुस्माको बाँया छातीमा गोलि प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको टोलीले काठमाण्डौ बोद्ध प्रहरी संगको समन्वयमा उनलाइ काठमाण्डौबाटै पक्राउ गरी पाँचथर ल्याएको हो । हत्याकाण्ड पछी उनि काठमाण्डौ गएर उतै विवाह समेत गरी पेशा ब्यावसाय गरी लुकिछिपी बसेको अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

उनीमाथी थप अनुसन्धान गरी मुद्धाको तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।