पाँचथर: पाँचथरको हिलिहाङ गाँउ पालिका ५ सुभाङका ३२ वर्षीय धनवहादुर उभरकोटी श्रीमती हत्याको १४ दिन पश्चात मृत अवस्थामा भेटिएका छन ।

उनलाई घरदेखि ३ किलोमिटर पुर्वमा रहेको पात्ले जंगलमा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घरायसी बिबादमा पुष ९ गते राती बञ्चरो प्रहार गरेर श्रीमतीको हत्या आरोप लागेका उभरकोटी सोहि दिनदखि फरार थिए ।

खोजतलासकै क्रममा उनलाइ झुण्डिएको अवस्थामा फेला पारिएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख दानबहादुर थापाले जानकारी दिनुभयो ।