विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालयले बाह्रखरीलाई भर्खरै जानकारी गराउँदै पदमुक्त गरिएको जानकारी दिएको छ ।

आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । १२ खरी