हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसअनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती पनि देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आइरहेको छ । जसका कारण तराईका भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुने देखिन्छ ।

तसर्थ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।