आज – १४ मंसिर (Nov. 28, 2020) २०७७ आइतवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक कारोवारमा सफलता पाइएला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ । स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) कला तथा साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्ला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । (ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो)