नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । पछिल्लो समय सुनको मूल्यमा गिरावट हुँदै आएकोमा शुक्रबारपनि यो क्रमले निरन्तरता दिएको हो ।

सुनको मूल्य घट्दै जाने क्रममा साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार सुन तोलामा ९१ हजार ५०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

यसैबीच चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा ११७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।