पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका १ मालवासेमा भएको सवारी दुर्घट्नामा एकजनाले ज्यान गुमाएका छन ।

वुधवार अपरान्ह ३ वजे हिलिहाङ १ भालुचौकदेखि अरुणभ्याली हाइड्रोको निर्माण सामग्री लिएर जाँदै गरेको लु ४ त २३६० नम्वरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा सोहि ट्याक्टरका चालक संखुवसभा मुढेशनिश्चरे घर भएका २४ वर्षीय थल बहादुर गुरुङको घट्नास्थलमै मृत्यु भएको हो

दुर्घट्नामा सह चालक भोजपुर दिङला निवासी ३४ वर्षीय आकास सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतकलाई पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ भने घाइतेको फिदिम स्थित समर्पित अस्पतालमा उपचार शुरु गरिएको पनि प्रहरीले जनाएको छ ।