मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८५८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

सक्रिय संक्रमित संख्या २८ हजार १ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै १ हजार २७६ जना संक्रमितको मृत्यु भइसकेको छ । Imagekhabar