नन्द नेम्बाङ ।। 

खगेन्द्र जबेगको परिचयः स्वर्गीय खगेन्द्र जबेगु पाँचथर जिल्लाको उतरी दुर्गम क्षेत्रमा साविक खुंगा गाँउ पञ्चायत वडा नम्वर ५ काहुले हाल फालेलुङ गाँउपालिका वार्ड नम्वर १ स्थित खुँगा काहुलेमा स्व. डम्बरधोज ९जगत बहादुर० जबेगुको नाती र भुपु प्राधान पञ्च पदम प्रसाद जबेगु तथा माता रणमाँया आङदेम्बे जबेगुको छोरा एक मात्र शुपुत्रको रुपमा विक्रम सम्वत २००८ साल कार्तिक १९ गतेका दिन जन्म भई मितिः २०७७ साल कार्तिक १५ गतेका दिन ६९ वर्षको उमेरमा कोभिड १९ को संक्रमणबाट नर्भिक अस्पताल काठमाण्डौंमा उपचारको क्रममा असामयिक निधन हुनु भएको हो । स्वर्गिय जबेगु पञ्चायत कालिन मन्त्रि मान बहादुर जबेगुका माइला दाइका छोरा हुन् र मान बहादुर जबेगुको नाताले भतिजा हुन् । उहाँको परिवारमा हाल १ बुबा, धर्म पत्नी, ४ चेलीहरु र ३ छोराहरु रहेका छन् । आमाको भने देहान्त पहिलेनै भइसकेको हो ।

वहाँको पुर्ख्यौली घर पाँचथर जिल्लाको खुँगा काहुले भएता पनि पछिल्लो कालमा खुँगा काहुलेको अलावा झापाको सतासी नगरपालिकाको दुधे बजारमा बुबा, काठमाण्डौं अनामनगर घट्टेकुलो र ललितपुर महाँनगरपालिका वडा नम्वर १७ शिबनगर टोलमा वहाँ बस्दै आउनु भएको थियो । वहाँहरुको परिवारमा बुबाहरु छ भाइ भएता पनि हाल खुँगा काहुलेमा तीन भाईका परिवारहरु मात्र स्थायी रुपमा बसोबास गरिरहेको छन् समय र युगको जमाना अनुसार उनीहरुको पनि प्राय सबैको अन्यत्र झापा लगायत काठमाण्डौंमा बसोबास गर्ने क्रम बड्दै छ ।

खगेन्द्र जवेगुको जीवनको संघर्ष तथा शैक्षिक यात्राः पाँचथरको तत्कालिन प्रसाद माबि तथा हाल फिदिम माविबाट बिक्रम सम्वत २०२५ सालमा एस एल सी उतिर्ण गर्नु भएको थियो । एस एल सी उतिर्ण पश्चात इलाम बहुमखी क्याम्पस देखि प्रमाण पत्र तह उतिर्ण गरी सरस्वती निमाबी खुंगामा केहि समयको लागि प्रधानाध्यापक भई काम गर्नु भएको थियो । वहाँका अन्तारे काका श्री मान बहादुर जवेगु तत्कालिन पञ्चायतको कालिन समयमा बिक्रम सम्बत २०२९ साल तिर सामान्य प्रसाशन सहायक मन्त्रि हुनु भए पछि पिएको रुपमा काठमाण्डौंमा जानु भएको थियो । जीवनको प्रगतीको संघर्षको क्रममा वहाँले काठमाण्डौंमा थप शैक्षिक योग्यता बडाउँने क्रममा स्नातक समेत गर्नु भएको थियो । काकाको मन्त्रि पद समाप्त भए पछि पनि काठमाण्डौंलाइनै आफ्नो कर्म थलो बनाउनु भयो । यसै क्रममा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार परियोजनाहरुमा काम गर्न थाल्नु भयो ।

वहाँको जेहेन्दार, वफादारी, इमान्दारिता र लगनशिल्तालाई मुल्याँकन गरी बिदेशमा उच्च शिक्षाको लागि अवसर मिल्न गयो । त्यसै क्रममा कार्लेटोन युनिभरसिटी ओटावा ओटार्लो क्यानाडाबाट जोग्राफी अफ डेभलोपमेन्टमा स्नातक गर्नु भएको थियो । त्यसै क्रममा लण्डन युनिभरसिटी युनाइटेड किङडम बेलायतबाट साउथ एसिया एरिया स्टडिजमा स्नाकोतर गर्नु भएको थियो ।
अध्ययन पश्चात सन १९९० देखि १९९३ सम्म वहाँ जाइका र फिनिसको सहयोगमा नेपालको टोपोग्राफिकल म्याप तयार गर्ने क्रमको टोलिमा समेत जोग्राफरको रुपमा संलग्न हुनु भएको थियो । त्यस क्रममा प्राय नेपालको सबै जिल्लाहरुमा हवाई सर्भेयरको रुपमा हेलिकप्टर देखि यात्रा गर्नु भएको थियो । नेपालको नापी बिभागले अहिले सम्म सोहि टोपोग्रफिकल म्याप प्रयोग गरि रहेको छ । नेपालको अहिले सम्मको ल्याटेस्टको म्यापको रुपमा अति उपयोगी म्याप प्रयोग भई रहेको छ ।

विकास तथा सामाजिक ब्यक्तित्वको रुपमा खगेन्द्र जवेगूः जीवनको प्रगतीको संघर्षको यात्राको क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदारहरुमा काम गर्नु थाल्नु भयो । मलाई जानकारी भए अनुसार टोपोग्रफिकल म्याप सर्भेयरको काम पश्चात इसीमोड राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायमा काम गर्नु भएको थियो । त्यस पश्चात भने वहाँले गुल्मी अर्घाखाची विकास परियोजना ९गाडेप० मा मुख्य प्लानरको रुपमा गुल्मी र अर्घाँखाचीमा सन २००० तिर लगभग ६ देखि ७ वर्ष जति काम गर्नु भएको थियो । सो परियोजनाको आर्थिक सहयोग युरोपियन युनियनले गरेको थियो । त्यस परियोजनामा ग्रामिण विकास लगायत प्राकृतिक तथा स्थानीय स्रोत साधनहरुमा स्थानीय समुदायहरुको पहुँचमा अभिवृदि गरी स्थानीय शुसासन कायम गरी वातावरणीय क्षेत्रमा समेत सन्तुलन कायम गर्नु थियो ।

त्यस पछि वहाँले अमेरीकाको आर्थिक सहयोगमा सञ्चालित इन्फ्रिन परियोजनामा काम गर्नु भयो । यो परियोजना मार्फत पुर्वाधार हरित सडक निर्माण परियोजनाहरु रहेको थियो । यस परियोजना अन्तर्गत वहाँले पाँचथर दुई वटा परियोजना र ताप्लेजुङमा एक वटा काम गर्नु भएको थियो ।

त्यस पछाडी वहाँले नेदर ल्याण्ड विकास नियोग ९एसएनभी नेपाल० मा इस्ट पोर्टफोलियो कोअर्डिनेटर रुपमा पहिले इलाम र पछि कार्यालय सुनसरी धरानमा सरे पछि धरानमा बसेर काम गर्नु भएको थियो । त्यसै क्रममा आफ्नो जन्म थलो पाँचथरको जोरपोखरी खुँगा एकतिन मेमेङ हरित सडक, नाँगिन फालोट हरित सडक र थुम्वेदिन सिनाम तेल्लोक हरित सडक निर्माणको लागि योगदान गर्नु भएको थियो । त्यसमा इनफ्रिनको आर्थिक सहयोग र एसएनभी नेपालको प्राविधिक सहयोगमा माओवादीको संकट कालको समयमा बिक्रम सम्वत २०६०, २०६१ र २०६२ तिर निर्माण काम भएको थियो ।

त्यस समयमा आफ्नो जन्म पाँचथर जिल्लाका धेरै सामाजिक संघ संष्थाहरुलाई समेत सहयोग गर्नु भएको थियो । जस्मा हुकोडेक नेपाल पाँचथर, बैकल्पिक उर्जा विकास केन्द्र नेपाल पाँचथर, पाँचथर उद्योग बाणिज्य संघ पाँचथर, इप्रोन नेपाल पाँचथर, सुनगाभा क्लव इलाम, वातावरण संरक्षण विकास केन्द्र ताप्लेजुङ महिँला जागरण इलाम र प्याग नेपाल इलाम आदिको संस्थागत विकास साथै साझेदारीमा काम गर्नु भएको थियो ।

स्व‍. खगेन्द्र जबेगुले इलाम र धरानमा एस एन भि नेपालमा रहन्दा सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङको अलावा तेह्रथुम, धनकुट्टा र संखुवा सभामा समेत तत्कालिन जिल्ला विकास समितिहरु र बिभिन्न संघ संष्थाहरुसँगको साझेदारीमा विकासका कामहरु गर्नु भएको थियो ।
अल्बिदा खगेन्द्र जवेगुले समाजिक र विकासे ब्यक्तित्व वाहेक वहाँले नेपाली चलचित्रमा नायकको रुपमा अभिनय समेत गर्नु भएको थियो । तर वहाँ चलचित्रको अभिनयमा पेशाको रुपमा लिनु भएन र समाज र विकासको काममानै निरन्तर लागि रहनु भयो ।

खगेन्द्र जवेगु विकास, बौदिक र सामाजिक ब्यक्तित्वका रुपमाः
स्वर्गिय खगेन्द्र जवेगु सालिन ब्यक्तित्व, बहुप्रतिभाशाली, विकास प्रेमी, सामाजिक ब्यक्तित्व, बौदिक र लोकतान्त्रिक बिचारका साथै आकर्षक शारिरीक ब्यक्तित्वका धनि हुनु हुन्थ्यो । काठमाण्डौंको पाँचथर समाजका अध्यक्ष, किराँत याकथुङ चुम्लुङ लिम्बुवान अध्ययन केन्द्रको संरक्षक सदस्य तथा उपाध्यक्ष, फिदिम नगरपालिका पाँचथरको विज्ञ टोलिको संयोजक, वैकल्पिक उर्जा विकास केन्द्र नेपाल पाँचथरको सल्लाहकार लगायत थुप्रै सामाजिक संघ संष्थाहरुमा परामर्श कर्ताको रुपमा आवद् हुनु हुन्थ्यो ।

स्वर्गिय खगेन्द्र जवेगु आफ्नो उच्च स्तरको लण्डन युनिभरसिटी युनाइटेड किङडम बेलायतबाट स्नाकोतर गरे पश्चात नेपालको सकृय राजनीतिमा कुनै दलमा पनि आवद् हुनु भएन । उहाँको उर्जाशिल जवानीको समय अध्ययन र विकास तथा सामाजिक विकासको काममानै सबै खर्चिनु भएको थियो । वहाँ नेपालको जोग्राफर लगायत प्लानरमा बिषेश प्राज्ञिक क्षेत्रमा त्यसमा पनि दक्षिण एशियाको क्षेत्र अध्ययनमा दख्खल राख्नु हुन्थ्यो । वहाँको राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदारी निकाय र दातृ निकायहरुसँग सम्वन्ध राम्रो थियो । वहाँको वैयक्तिक स्वभावमा कसैसँग चाकडी, चाप्लुसी र निहुरिने स्वभावको हुनु हुन्थेन ।

त्यसैले होला सायदः एक जनजाति परिवारको अब्बल दर्जाको जोग्राफर र प्लानरमा बौदिक तथा प्राज्ञिक ब्यक्तित्व हुन्दा हुन्दै पनि वहाँमा राज्यको नजर कहिले पर्न सकेन । राज्यले तथा लिम्बु समुदायले एक कुशल अभिभावक्त्व र अब्बल दर्जाको नागरीक गुमाउँदा अत्यन्त दुःख लागेको छ । वहाँको प्राज्ञिक्ता पाँचथर जिल्लाको फिदिम नगरपालिकाले पछिल्लो कालमा उपयोग गर्न खोजेता पनि असहज परिस्थिती कोभिड १९ को पेण्डामिक पेरियड इत्यादिले गर्दा खास उपयोग हुन सकेन ।

खगेन्द्र जवेगुको प्रति मेरा थोरै अनुभुतिहरुः
वहाँले आफ्नो जन्म पुर्ख्यौली थलो पाँचथरको खुँगा काहुलेलाई असाध्यै माँया गर्नु हुन्थ्यो । सायद त्यसैले होला वहाँले माओवादी द्न्द्व् कालको समेत पर्वाह नगरी पश्चिमको माओवादी प्रभावित क्षेत्रको बजेट ल्याएर एसएनभी नेपालमा कार्यरत रहँन्दा इन्फ्रिनको आर्थिक सहयोग र एसएनभी नेपालको प्राविधिक सहयोगमा जोरपोखरी खुँगा काहुले एकतीन मेमेङ हरित सडक परियोजना मार्फत सडकको स्तर उन्नती गरेर नियमित बाह्रै महिना यातायात संचालन हुने गरी जोरपोखरी खुँगा एकतिन सडकको स्तरोउन्नती गर्नु भएको थियो । त्यसरीनै पाँचथर जिल्लाको नाँगिन फालोट हरित सडकको पनि स्तरोउन्नती गर्नु भएको थियो । पाँचथरको अलावा ताप्लेजुङ जिल्लाको थुम्वेदिन सिनाम तेल्लोक हरित सडकको स्तरोउन्नती काम गर्नु भएको थियो । वहाँले जिल्लाका थुप्रै सामाजिक सँघ सँष्थाहरुको सँष्थागत विकासमा समेत टेवा पुर्याउँनु भएको छ ।

वहाँ सहसीक खेलहरु जँगल हन्टीङ र सफारीको लागि अत्यन्त रुची राख्नु हुन्थ्यो । अनि बिषेश गरेर गाँउको अर्गानिक खानाहरु सिस्नु र च्याउ जस्ता खाना खान अति रुचाउनु हुन्थ्यो । वहाँ खेलकुदमा समेत रुची राख्नु हुन्थ्यो । जवानीमा राम्रो भिलवल खेलाडी समेत हुनु हुन्थ्यो । पछिल्लो कालमा बिषेस गरेर ब्याडमिन्टन चेस जस्ता बुदि चालहरु बडि मात्रामा खेल्न रुचाउँनु हुन्थ्यो । बिभिन्न प्रकारका खानाहरु खानमा शौख राख्नु हुन्थ्यो । पहिरनमा समेत शौखिन ब्यक्तित्व हुनु हुन्थ्यो ।

अहिले विश्व महाँमारी कोभिड १९ ले विश्व र देश आक्रान्त छ । त्यसै क्रममा नेपालको काठमाण्डौं उपत्यका पनि अति सम्बेदनशिल तथा इपिसेन्टरको रुपमा विकास भइ रहेको छ । त्यसै क्रममा कार्तिक महिनाको शुरुतिर उहाँहरुको परिवार दुई जनामानै पोजिटिभ देखा पर्न गयो । उपचारको क्रममा उहाँहरु सेल्फ आइसोलेसन लगायत अस्पतालहरुमा बस्नु भएको थियो । तर वहाँमा सुगर र प्रेसर जस्ता केहि दिर्घ स्वास्थ्यका असरहरुले गर्दा शरिरमा रोग प्रतिरोधात्मक क्षमता कम्जोर भएकोले गर्दा उपचारको क्रममा नर्भिक अस्पताल काठमाण्डौंमा असामयिक र अकल्पनिय निधनले वहाँको परिवारजन, कुलवँस, कुलकुटुम्ब लगायत साथीभाई र समाजलाई अपुरणिय क्षति भएको छ । यस दुखद घडिमा तागेरा निङवाफु माङले वहाँको सामलाई चोलुङमा बास होस भनि प्रार्थना गर्दछु ।

यिनै शब्दहरुद्धारा मेरो श्रद्धाञ्जली अनुदित गर्दछु । अल्बिदा काका खगेन्द्र जवेगुलाई !

लेखकः नेम्वाङ मृतक जबेगुको आफन्त हुनुहुन्छ ।