स्रोत नखुलेको ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन् । बुटवलबाट आएको रात्रिबसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरिएको हो ।

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागुऔषध ब्राउन सुगरसहित तीन युवक पक्राउ परेको नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ । रासस