प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताउनुुभएको छ । आज काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफू त्यसका लागि तयार नभएको बताउनुुभएको हो ।

आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले बाहिर आफूविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही नहुने दावी गर्नुभयो ।

आफू करले नभएर जनताको आवश्यकता र समर्थनले आएको बताउदै उहाँले ढुक्क भएर काममा लाग्न आग्रह गर्नुभयो । जे कुरामा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास गरिरहेने केहिको आदत भएको र त्यस्तालाई केहि गर्न नसकिने उहाँको भनाइ छ । from:radionrn