पाँचथर: पाँचथरको फिदिम नगरपालिकामा २ हप्ताको लागि निषेधाज्ञा लागु गरिएको छ । पछिल्लो पटक समुदाय स्तरमाै कोरोना भाइरसको संक्रमण फैलिएपछी फिदिम नगरपालिका र जिल्ला कोभिड १९ संकट ब्यावस्थापन केन्द्र ले सो निर्णय गरेको हो । कार्तिक १९ गते रातीबाट लागु हुने गरी आगामी २ हप्ता सम्म अत्यावश्यक बाहेकका सवारी, बजार र पसल समेत बन्द गर्न नगरपालिकाले आह्वान गरेको छ ।

कार्तिक १९ गते मात्रै फिदिम बजार क्षेत्रका १४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस्तो छ नगरपालिका र DCCMC को सुचना