नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका चार हजार ७ सयभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख ७३ हजार ५ सय ६७ जना कोरोना संक्रमितमध्ये ४ हजार ७ सय ३३ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।

तीमध्ये एक हजार ९ सय ३६ जना बालिका रहेका छन् भने २ हजार ७ सय ९७ जना बालक रहेको मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार २ सय ४३ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।

त्यस्तै प्रदेश २ मा ४२३, प्रदेश ५ मा ५१५, कर्णाली प्रदेशमा २०५, प्रदेश १ मा ४५०, सुदूरपश्चिम प्रदेशमा ६ सय १० जना र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८७ जना, बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।

ताप्लेजुङ, सोलुखुम्बु, भोजपुर, तेह्रथुम, पाँचथर, मनाङ, मुस्ताङ गरी ७ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।

१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?

संखुवासभामा २ बालक
ओखलढुंगा १ बालिका २ जना बालक
खोटाङ २ बालिका १ बालक
भोजपुरमा १ बालिका
धनकुटामा १ बालक
इलाम ३ बालिका र १ बालक
झापामा ८ बालिका र २० बालक।
मोरङमा ११६ बालिका र १५५ बालक
सुनसरीमा ६२ बालिका र ७२ बालक
उदयपुरमा ३ बालिका १ जना बालक

सप्तरीमा १८ बालिका र ४६ बालक
सिराहमा ३ बालिका र १४ बालक
धनुषामा १७ बालिका र ४१ बालक
महोत्तरीमा ९ बालिका ३० बालक
सर्लाहीमा २६ बालिका र ३२ बालक
रौतहटमा २९ बालिका र ४४ बालक
बारामा १९ बालिका र २३ बालक
पर्सामा ३२ बालिका र ३० बालक

दोलखा १० बालिका र ४ बालक
सिन्धुपाल्चोकमा ४ बालिका र ३ बालक
रसुवा १ बालिका
धादिङमा ६ बालिका ११ बालक
नुवाकोटमा ६ बालिका र १४ बालक
काठमाडौंमा ६१६ बालिका र ९१५ बालक
भक्तपुरमा ७२ बालिका र ११७ बालक
ललितपुरमा ९८ बालिका र १४५ बालक
काभ्रेपलान्चोकमा २६ बालिका र २१ बालक
रामेछाप ५ बालक
सिन्धुलीमा ४ बालिका र ३ बालक
मकवानपुरमा २५ बालिका र ३६ बालक
चितवनमा २६ बालिका र ७२ बालक

गोरखामा १५ बालिका र १० बालक
म्याग्दीमा १ बालिका २ बालक।
कास्कीमा २१ बालिका १९ बालक
लमजुङमा ६ बालिका र ८ बालक
तनहुँमा १२ बालिका र ११ बालक
नवलपरासी पूर्वमा २० र बालिका ३६ बालक
स्याङ्जामा ४ बालिका र १२ बालक
पर्वतमा ३ जना बालक
बाग्लुङमा १ बालिका र ६ जना बालक।

रुकुम पुर्व १ बालक
रोल्पामा २ बालिका र १ बालक
प्युठानमा १४ बालिका र १३ बालक
गुल्मीमा १३ बालिका र १२ बालक
अर्घाखाँचीमा ११ बालिका र १४ बालक
पाल्पामा १३ बालिका र १० बालक
नवलपरासी पश्चिममा १२ बालिका र १७ बालक
रुपन्देहीमा ८० बालिका र ९४ बालक
कपिलवस्तुमा २३ बालिका र २८ बालक
दाङमा २४ बालिका र १९ बालक
बाँकेमा ४० बालिका र ४१ बालक
बर्दियामा १४ बालिका र १९ बालक

डोल्पामा २ जना बालक
मुगुमा २ जना बालक
हुम्ला १ जना बालक
जुम्लामा ३ बालिका र ३ बालक
कालिकोटमा ३ बालिका र १२ बालक
दैलेखमा ११ बालिका र ४६ बालक
जाजरकोटमा ३ बालिका र १ बालक
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ६ बालिका र १५ बालक
सुर्खेतमा ४२ बालिका र ५० बालक

बाजुरामा ३२ बालिका र ३२ बालक
बझाङमा ३२ बालिका र ५३ बालक
दार्चुला ५ बालिका ३ बालक
बैतडीमा १० बालिका र १२ बालक
डडेल्धुरामा ७ बालिका र १६ बालक
डोटीमा ६४ बालिका र ८६ बालक
अछाममा ४१ बालिका र ७८ बालक
कैलालीमा ७६ बालिका र ११३ बालक
कञ्चनपुरमा २५ बालिका र २५ बालक source:Swasthyakhabar