नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन पनि आज ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२०५ रूपैयाँमा कारोबार भइरहेको छ ।