देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली हाललाई छैन । हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश न १ र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेशका पहाडी क्षेत्र र प्रदेश न २ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यसैगरी देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश न १ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्विनी प्रदेश र सुदुपश्चिम प्रदेशका एक, दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १ को पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।