नयाँ कुरो समाचार ।। पाँचथर फिदिमका दावा शेर्पाले जिंग चाउचाउमा स्कुटर उपहार प्राप्त गरेका छन् । फिदिम ४ निवासी शेर्पाले “जिंगमा जित उपभाेक्ता उपहार योजना” अन्तर्गत चाउचाउ किन्दा स्कुटर पाएका हुन् । उनले प्राप्त गरेको उक्त्त पुरस्कार फिदिममा एक कार्यक्रमका विच चौधरी ग्रुपले हस्तान्तरण गरेको छ । चाैधरी ग्रुपको वाइवाइ ब्राण्ड अन्तर्गत रहेको जिंग चाउचाउले आफ्नो उपहार योजना अन्तर्गतको साताै स्कुटर फिदिममा वितरण गरेको हो ।

लकडाउन अगाडि परेको उपहार आज हस्तान्तरण गरिएको वाईवाईका स्थानिय वितरक तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालको भनाइ रहेको छ । सिजीका सिनियर सेल्स म्यानेजर तथा प्रदेश १ विक्री प्रमुख पुण्य प्रसाद लुइटेल, १ नम्बर प्रदेशका बजार प्रमुख रविन्द्र मास्के लगायतको टोलीले अौपचारिक कार्यक्रमका विच विजेतालाइ स्कुटरको चावी हस्तानतरण गरेका हुन् ।

स्कुटर विजेता शेर्पाको परिवारलाइ कम्पनीले फिदिम नगर परिक्रमा समेत गराएको छ । चाउचाउ किन्दा स्कुटर पाएपछी शेर्पा परिवारले खुशी ब्यक्त्त गरेको छ । जिंग चाउचाउका प्याेकट भित्र रहेका कुपनहरुमा अझ थुप्रै आकर्षक पुरस्कार हरु रहेको सिजीका सिनियर सेल्स म्यानेजर लुइटेलले बताए ।