दृष्टिको लागि आँखा भित्रको लेन्स पारदर्शी हुनु जरुरी छ। आँखाको लेन्स सफा नभएमा आँखाभित्र पर्ने प्रकाश कम हुन्छ र दृष्टि कम हुँदै जान्छ।

साधारणतया मोतिविन्दु जीवनको उत्तरार्धमा देखिन्छ। उमेर बढ्दै जाँदा आँखाको लेन्स अपारदर्शी हुँदै जान्छ र धेरै नै असर भएपछि दृष्टि कम हुँदै जान्छ। यो एक प्रकारको उमेरसँग आउने परिर्वतन हो। जसरी उमेर बढेपछि छालामा चाउरी पर्ने, कपाल सेतो हुने हुन्छ त्यसरी नै आँखामा पनि मोतिविन्दु बढ्न थाल्छ।मोतिविन्दु अन्धोपनको कारणमध्ये एक प्रमुख कारण हो भने उपचार गर्न सकिने रोग पनि हो।

उमेरबाहेक आँखामा चोट लागेमा, मधुमेह भएमा, कुनै औषधिको सेवनले, करेन्ट वा सूर्यका विकिरणहरुले पनि र अन्य आँखाका रोगले पनि उमेरभन्दा चाँडो मोतिविन्दु ल्याउन सक्छ।

लक्षण

– दृष्टिमा धमिलोपन आउनु।

– बत्तिमा हेर्दा गाह्रो हुनु, इन्दे्रणी जस्तो देखिनु।

– चस्माको पावर बारम्बार परिवर्तन हुनु।

– कुनै चिजलाईदुई वटा देखिनु।

– नजिकको दृष्टिमा केही सुधार देखिनु।

– राति गाडी, मोटरसाइकल चलाउन गाह्रो हुनु।

मोतिविन्दुका कारण

– बढ्दो उमेर

– मधुमेह

– धूमपान

– आँखामा चोटपटक लाग्नु

– आँखाको कुनै अरुप्रकारको शल्यक्रिया

– स्टेरोइड औषधिको प्रयोग

– मादक पदार्थको अत्याधिक सेवन

– छाला रोगहरुको जस्तैअटोपिक डेरमाटिटिस

मोतिविन्दुको उपचार गर्न सकिन्छर ?
मोतिविन्दुको उपचार भनेको शल्यक्रिया मात्रहो। बिरामीको धमिलो लेन्स शल्यक्रियाद्वारा निकालेर कृत्रिम लेन्स सोहीठाउँमा राखिन्छ। सो शल्यक्रियापछि आँखाको ज्योति पहिलेजस्तै राम्रो हुन्छ। मोतिविन्दुको सुरुको अवस्थामा चस्माले केही समयलाई काम गर्न सक्छ।