आज – २१ आश्विन २०७७ बुधवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको दिन छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योगमा जुट्ने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । राजनीति वा कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट उपलब्धिपनि राम्रै पाइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता छाउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइकालागि दौडधूप गर्नु पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । महिला वा मित्र बाट विशेष सहयोगको आश राख्न सकिन्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो)