यो वर्षको दसैं जो जहाँ छौं, त्यहीँ स्थानमा रहेर मनाउन सरकारले आग्रह गरेको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसपालिको दसैं अहिले बसिरहेकै स्थानमा मनाउन आग्रह गरेका हुन् ।

उनले त्यसका लागि समन्वय गर्ने र त्यहीँ अनुसार सन्देश प्रवाह गर्नुपर्ने बताए ।

त्यस्तै मन्त्रालयले चाडपर्वमा जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । from:stv