कोरोना भाइरसको संक्रमणबाट विश्व भर १० लाख मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ ।

पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा ३ करोड ३२ लाख ९७ हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दा बढी संक्रमितहरु थपिएका छन् ।

विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमितको संख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा ७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् ।