काठमाडौं । सरकारको अनुमति बिना एसिडको विक्री वितरण तथा उत्पादनकाे कार्य गरे वा गराए पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ।

एसिड आक्रमणका घटना बढ्दै जाँदा सरकारले अध्यादेशमार्फत उक्त व्यवस्था गरेको हो।

एसिड तथा घातक रासायनिक पदार्थकाे नियमनका सम्बन्धमा बनेकाे अध्यादेशमा तेजाबको उत्पादन र किनबेचका लागि नयाँ मापदण्ड ल्याएको छ।

सरकारको अनुमति नलिई तेजाब वा अन्य घातक रासायन पदार्थकाे उत्पादन, निकासी पैठारी, बिक्री वितरण गर्न नपाइने अध्यादेशमा व्यवस्था गरिएको छ। सरकारका विभिन्न निकायबाट त्यस्का लागि अनुमति लिन सकिने व्यवस्था छ।

अध्यादेशमार्फत ल्याइएको नयाँ कानुन पालना नगरी बिना अनुमति विक्री वितरण तथा उत्पादनकाे कार्य गरे वा गराए पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने अध्यादेशमा व्यवस्था गरिएको छ।

नयाँ कानुन अनुसार औद्योगिक प्रयोजनबाहेकका प्रयोजनका लागि तेजाब प्रयोग गर्न पाइने छैन। सरकारले व्यवस्था गरेका नयाँ शर्त पालना नगरे दशहजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्छ। यसका साथै सरकारले जरिमाना तथा सजायका थुप्रै व्यवस्था अध्यादेशमा गरेको छ । Source : Khabarmanch