काठमाडौं, असोज ९ । पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरसको संक्रमण भएकोे बताउनुभयो । योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १४५५ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको पीसीआर परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ । हाल सम्म ७ जिल्ला कोरोनामुक्त छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जना कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।