बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे मत्यु भएको हो। त्यस्तै बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

नवलपरासीकी महिला १७ भदौमा र बुटवलका पुरुष १५ भदौमा अस्पताल भर्ना भएका थिए। ज्वरो र श्वासप्रश्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो। रासस