नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४११ पुगेको छ ।

त्यस्तै आज १३२५ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । जसमध्ये संक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा ९६६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।