सोमवार, भदौ २९, २०७७: सरकारले आगामी असोज ५ गतेदेखि आन्तरिक हवाइ उडानसहितका सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि सबै सार्वजनिक यातायात (छोटो, मध्यम र लामो दूरीका) सुरु गर्ने निर्णय गरेको हो ।

यसबारेको गृहकार्य सम्बन्धित विभागीय मन्त्रालयले गर्नेछन् । अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भएपनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन ।