पाँचथर: पाँचथरमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा फालेलुङ ४ घर भइ हाल जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा रहेकी १६ बर्षीय किशोरीसँगै पाँचथर कारागारमा रहेका २० र २५ बर्षीय कैदी छन ।

यस्तै पाँचथर अस्पतालको भवन निर्माणमा खटेका ५८ वर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुलाइ फिदिम स्थित शिक्षा स्रोत केन्द्रको आइसोलेशनमा राखेर उपचार शुरु गरिएको स्वास्थ कार्यालयका प्रमूख नारदमणी सुवेदीले वताउनुभयो ।

उहाँका अनुसार अव जिल्लामा सकृय संक्रमितको संख्या १२ पुगेको छ । उनीहरुमध्ये ११ जनाको जिल्लामै तथा १ जनाको विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

गत साउन २४ गते विराटनगरबाट सरुवा भएर आएका एकजना प्रहरीमा पहिलो पटक भदौ २ गते संक्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी र कैदी बन्दीमा संक्रमण वढेको हो ।