प्रिय योङहाङ  पाँचथर । मार्क्सवाद अध्ययनमा चाख राख्ने झापाका विद्यार्थीहरुद्धरा सागर योङहाङको अध्यक्षतामा “Institute of critical dialogue – ICD” जिल्ला कमिटी गठन भएकाे छ ।

उक्त समितिको उपाध्यक्षमा लक्ष्मी न्यौपाने र मदन गुरुङ छन् भने क्रमशः सचिव, सह–सचिव र कोषाध्यक्षमा निरोज थापा, अनिल सुवेदी र पुस्पा चापागाइ रहेका छन् ।

पहिलो पटक बनेको उत्त कमिटीकाे प्रवक्तामा लक्ष्मी गौली तथा कार्यलय सचिवमा सन्तोष धमला निर्वाति भएका छन् । भर्चुअल मार्फत सोमवार बनेको कमिटी २५ सदस्यीय रहेको ICD अध्यक्ष सागर योङहाङले बताउनु भयो ।