भदौ २२, २०७७: चितवनमा थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ४३ जनामा जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालले एक विज्ञप्ती मार्फत भदौ २१ गते परीक्षण शुरु गरिएका ४०५ वटा स्वाबमध्ये ४३ वटामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो । यस्तै ३६२ जनाको भने कोरोना नेगेटिभ देखिएको छ ।

नयाँ थपिएका संक्रमित मध्ये ३३ जना चितवनका छन् । यस्तै नवलपुरका ३ जना, रौतहटका २ जना, धनुषा, अर्घाखाँची, झापा, पर्सा, कपिलवस्तु र सुनसरीका एकएक जना रहेको अस्पतालले जनाएको छ । from:stv