नयाँ कुरो समाचार ।। पाँचथर जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएका संक्रिमत मध्ये ४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेका छन् भने १ जना जिल्ला अस्पताल निर्माणको लागि ल्याइएका कामदार र १ जना थुना मुक्त्त भएका कैदिबन्दी रहेका छन् ।

जिल्लामा विराटनगरबाट सरुवा भएर आएका प्रहरी जवान संगै देखिएको कोरोना संक्रमणको दर क्रमस: उकालो लागेको हो, थपिएका ६ संक्रमित संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ ।

संक्रमित मध्ये थुनामुक्त भएका कैदिबन्दी जिल्ला बाहिर रहेको र अन्यको भने जिल्ला स्थित कोभिड अस्पतालमा उपचार सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।