ललितपुरको भैंसेपाटीकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न निर्मललाई गीताको भैंसीपाटीस्थित घर रहेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो । गीताको गत शनिबार घाँटी थिचेर हत्या भएको थियो ।

पक्राउ परेका निर्मलले अपराध स्वीकारिसकेको ललितपुर प्रहरीले बताएको छ । प्रहरीका अनुसार गीताको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भतिजा निर्मल र गीता विगत चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । गीता पाटनस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

प्रेम सम्बन्ध स्वीकारेका निर्मल र गीताबीच आर्थिक लेनदेनको मामिला भने अहिलेसम्मको अनुसन्धानबाट नदेखिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राइले जानकारी दिनुभयो । from:radionrn