पाँचथर ।। क्वोरेन्टिनमा बसेर पिसिआर रिपोर्ट नेगेटिभ आएका युवाको आज विहान जिल्ला अस्पतालमा मृत्यु भएको छ । उनि बैदेशिक रोजगारिबाट फर्किएर फिदिम स्थित पाँचथर क्याम्पसको क्वारेन्टिनमा बसेको थिए । क्वारेन्टिनमा बसेको हप्ता दिन पछाडी उनको स्वाव संकलन गरेर पठाइएको थियो । भदौ १८ गते उनको रिपोर्ट नेगेटिभ आएपछी उनलाइ क्वारेन्टिनबाट विदा गरिएको स्वास्थ्य कर्मीले जानकारी दिए ।

तर लकडाउनका काँरण होटल नपाएको र आफु संग खर्च समेत नभएकोले १ रातको लागि बस्न पाउँ भन्दै उनी जिल्ला अस्पताल पुगेका थिए । अस्पतालको आइसोलेसनमा १ रातको लागि बास बसेका उनले विहान श्वास प्रश्वासमा समस्या भएको बताए लगत्तै मृत्यु भएको जिल्ला अस्पताल पाँचथर श्रोतले बताएको छ ।

३१ बर्षिय उनि मिक्लाजुङ ५ का स्थायी बासिन्दा रहेको बुझिएको छ ।