चितवनमा कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यहाँ गरिएको परिक्षणमा थप ३४ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म छन् ।

भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ । चितवनकै राप्ती २ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

यस्तै, नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । from:radionrn