गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका २२ जना, लमजुङका १७ जना, बाग्लुङक ३ जना, स्याङजा र नवलपरासी पूर्वका एक एक जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।त्यस्तै पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ बर्षीय पुरुष गरि ५ जना भारतबाट आएका हुन् भने पोखरा महानगरपालिका-१६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।

त्यस्तै लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७७३ रहेको छ भने निको हुने दर ७२.४५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २४४७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।