ललितपुरमा आज शुक्रवार कर्फ्यु लगाईएको छ । बिहान चार बजेदेखि शुरु भएको कर्फ्यु राति १० बजेसम्म रहने भएको छ।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस् भन्नका लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरेको जानकारी दिनुभएको छ ।

रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा हिजो दिउँसो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो। झडपमा प्रहरी र स्थानीय बासिन्दा गरी दुवै तर्फ थुप्रै घाइते भएका छन्।

कोरोना भाइरसको फैलावट रोक्न जारी गरिएको निषेधाज्ञाकाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न सयौँ नागरिकहरु सडकमा उत्रेपछि प्रहरीले रोक्न खोेज्दा भिडन्त भएको थियो।