भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । चितवन भरतपुर महानगरपालिका-०६ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान ७ः २० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको स्वाव परीक्षण गर्द भदौ २ गते नै कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्या देखिएपछि भदौ ६ गते उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखि उपचार गरिएकोमा आज बिहान निधन भएको अस्पतालले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।