वारा , पर्सा र सर्लाहीमा कोरोनाका नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ८ महिलासहित ६ वर्षदेखि ७० वर्ष उमेर समूहका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणीको आकस्मिक कक्षमा रहेका चार जना बिरामीको जिन एक्सपर्ट टेस्ट विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको डा.चौरसियाले बताउनु भएको छ । संक्रमितमध्येमा पर्साका ३२ जना, वाराका ४ जना र एक जना सर्लाहीका बासिन्दा हुन् । from:radionrn