नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ८ जनाको भृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृतक ५ महिला र ३ पुरुष छन् ।

ललितपुरकी ६५ वर्षीया महिला ,बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै, काठमाडौंका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ । from:stv