विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको आइतबार राति करिब १० बजे उपचारका क्रममा मृत्यु भएको हो । उनको स्वाब परीक्षणको रिपोर्ट पनि आइतबार नै पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो । from:stv